• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दर्शकहरूलाई मनोरञ्जन दिँदै चर्चित गायक कमल खत्रीले तताए स्टेज




श्रवण कुमार यादव
देउखुरी, १८ माघ । दाङ देउखुरीको लमहीमा जारी महोत्सवमा आज छैंठौ दिन मंगलबार बिभिन्न राष्ट्रिय कलाकारहरुले दमदार प्रस्तुतिको साथमा माहोल तताएको थिए।

`कृषि पर्यटन उघोग र व्यापार देश समृद्धकाे बलियो आधार ’ भन्ने मूल नाराका साथ देउखुरी उघोग वाणिज्य संघ लमही दाङको आयोजनामा लमही नगरपालिक-५, ग्रिन पार्क परिसरमा जारी छैठो, देउखुरी कृषि पर्यटन तथा ब्यापारिक महोत्सव २०७९ को आज छैठौं दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार चर्चित गायक कमल खत्री, लोक दोहोरी गायक ढाकाराम पौडेल, गायक, मोडेल तथा उद्घोषक विजय पुन, मोडेल नारायणी खत्री, डान्सर सोनिया परियार, कलाकार दिपक बर्मा, अनुप बुढा र सगरमाथा डान्स ग्रुप नेपालगञ्जको प्रस्तुतीका साथ माहोल तताएका हुन्।

महोत्सवमा दर्जनौं भन्दा बढी गीत गाएर दर्शकहरुलाई भरपूर्ण मनोरञ्जनका साथमा नचाएका थिए। दर्शकहरुले हुटिङको साहयताले साथ दिएका थिए। माया लैलै गित दर्शकलाई मन परेपछि दोहोराएर गाउन लगाएका थिए । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर नारायणी खत्री र सगरमाथा डान्स ग्रुप नेपालगञ्ज तथा जिके डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।

त्यसै गरि महोत्सवलाई कुशल सञ्चालक तथा गायक ढाकाराम पाैडेलले पनि विभिन्न गीत मार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए । हिजोको तुलनामा दर्शकको उपस्थिति बढेको पछि महोत्सवमा राैनक फेरि बढ्न थालेको छ । यसै बीच महोत्सवमा आज बुधबार चर्चित लोक दोहोरी गायक रामजी खाँड, गायक तथा उद्घोषक ढाकाराम पाैडेल, गायक मोडल तथा उद्घोषक विजय पुन कलाकार दिपक बर्मा, अनुप बुढा लगायत स्थानीय कलाकारको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

खाँड लोक दोहोरी क्षेत्रमा कुनै बेला एकक्षत्र राज गर्ने गायक मध्ये एक हुनुहुन्छ । गायक खाँडले स्वरबद्द गर्नु भएका ‘क्षितिज पारि, ओइ माया, आफै हारे, आकाश जुनकै हो, जिम्मल बाउकी छोरी, लगायत थुप्रै गीतहरु हिट भएका छन । यतिबेला उहाँलाई देश तथा विदेशमा सांगीतिक कार्यक्रममा भ्याई नभ्याई छ ।

Facebook Comments