• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्चित ख्याती प्राप्त गायिका रचना रिमालको दमदार प्रस्तुति, आज यी कलाकारहरु आउदै




श्रवण कुमार यादव
१७ माघ, देउखुरी। देउखुरीकाे लमहीमा जारी छैठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०७९ पर्यटन महोत्सवमा हिजो सोमबार चर्चित ख्याती प्राप्त गायिका रचना रिमालले आफ्नो दमदार प्रस्तुति राखेकी थिइन्।

गायिका रिमालले कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, हजुर मुसुक्कै, ढुंगे धारामा, खुट्टा तान्दै गर, पाउडर क्रिमले लगायतका गीत मार्फत दर्शकहरुलाई नचाउन सफल भएकी थिइन् । उनको गीतमा दर्शकहरुको हुटिङ र उनी सँगै नाच्न दर्शकहरु समेत तम्सिएका थिए ।

त्यस्तै उनले गीतमा विश्वकी दोस्रो होची महिला ईश्वरीमाया छिनाललाई पनि साथमा लिएर नचाएकी थिइन् । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर सिर्जना गुरुङ र अनुष्का चौधरीका साथमा सगरमाथा डान्स ग्रुप नेपालगञ्ज तथा जिके डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए । त्यसै गरि महोत्सवलाई सफल उद्घोषिका तथा गायिका उमादेवी खनालले पनि विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनाएकी थिइन् ।

हिजो अस्तिको तुलनामा दर्शकको उपस्थिति कम भएपनि सहभागी दर्शकहरूले नाचेर साथ दिएका थिए । यसै बीच महोत्सवमा आज मंगलवार चर्चित गायक कमल खत्री, लोक दोहोरी गायक ढाकाराम पौडेल, गायक, मोडेल तथा उद्घोषक विजय पुन, मोडेल नारायणी खत्री, डान्सर सोनिया परियार, कलाकार दिपक बर्मा, अनुप बुढा र सगरमाथा डान्स ग्रुप नेपालगञ्जको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

`कृषि पर्यटन उघोग र व्यापार देश समृद्धकाे बलियो आधार ’ भन्ने मूल नाराका साथ देउखुरी उघोग वाणिज्य संघ लमही दाङको आयोजनामा लमही नगरपालिक-५, ग्रिन पार्क लमही देउखुरी दाङमा १२ गते बिहिबार देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।

Facebook Comments