• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आईसिटी सम्बन्धी तालिम रुन्टीगढीमा सुरु




कमल खड्का
होलेरी, १७ माघ । सामुदायिक विद्यालयलाई सूचना प्रविधिले जोड्ने उद्देश्यलेका साथ शिक्षक कर्मचारीलाई आईसिटी क्षमता विकास तथा व्यवस्थापन सम्बन्धी तालिम सुरु गरिएको छ । रुन्टीगढी गाउँपालिका क्षिक्षा, युवा तथ खेलकुद शाखाको आयोजनामा उक्त तालिम पालिकाको सभहलमा सुरु गरिएको हो ।

तालिममा रुन्टीगढी गाउँपालिकाका विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई दिइने भएको छ। कार्यक्रममा आईसिटी सम्बन्धी क्षमता विकास तथा ब्यवस्थापनमा आधारित रहि तालिम दिइने छ । तालिम यही माघ १६,१७,१८ र १९ गते गरि ४ दिनसम्म संचालन गरीने छ ।

कार्यक्रम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको हो । कार्यक्रमको अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष सरिता के.सी, निमित्त प्रमुख प्रसासकीय अधिकृत सान बाबू खड्का, शिक्षा शाखा प्रमुख अन्जु शर्मा,प्रशिक्षक बिशाल बोहरा रहनु भएको थियोे ।

कार्यक्रम सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका प्रास घन बहादुर डाँगीले गर्नु भएको हो । तालिम रुन्टीगढी गाउँपालिकाको सभा हलमा सुरु भएको छ ।

Facebook Comments