• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद कामी बुढा पार्कमा सहिद दिवस (फोटो फिचर)




रुकुमपश्चिमको मुसीकोट १० स्थित सहिद कामी बुढा पार्कमा सहिद दिवस मनाइएको छ । राप्ती साहित्य परिषद् रुकुम शाखाको आयोजना र मुसीकोट नगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा दिवस खुला कविता वाचन तथा कविता प्रतियोगितासहित सहिद दिवस मनाइएको हो । परिषद् रुकुम शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षता र खलंगा बहुमुखी क्याम्पस मुसीकोटका उपप्राध्यापक मुकुन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मीना बिक, मुसीकोट १० का अध्यक्ष धनबहादुर खड्का, वडाका तीनवटै विद्यालयका प्रअ तथा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । सञ्चालन शिक्षक धनेन्द्र रोकाले गर्नुभएको थियो । नेपालकै प्रथम कम्युनिष्ट सहिद कामी बुढा २०१० सालमा तत्कालीन सरकारको क्रूर यातनापछि मारिएका थिए । उनको स्मृति र सम्मानमा जन्मस्थल खर्सुपानीमा कामी बुढा पार्क निर्माण गरेर नियमित कार्यक्रम हुँदै आएका छन् । यसपटकको सहिद दिवस कामी बुढा पार्कमा मनाइएको छ । ‘भाषा, साहित्य, कला र संस्कृति, जीवन र जगतको समृद्धि’ भन्ने मूल नाराका साथ रुकुम साहित्यमाला कार्यक्रम को १०१ औं शृङ्खलाअन्तर्गत कार्यक्रम भएको हो । विद्यार्थीविच गरिएको कविता प्रतियोगितामा विना कठायत प्रथम, राजेश विसी द्धितीय, सर्जन विष्ट तृतीय र शिखर बुढा तृतीय भएका थिए ।

Facebook Comments