रुकुमपश्चिमको मुसीकोट १० स्थित सहिद कामी बुढा पार्कमा सहिद दिवस मनाइएको छ ।
राप्ती साहित्य परिषद् रुकुम शाखाको आयोजना र मुसीकोट नगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा दिवस खुला कविता वाचन तथा कविता प्रतियोगितासहित सहिद दिवस मनाइएको हो ।
परिषद् रुकुम शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षता र खलंगा बहुमुखी क्याम्पस मुसीकोटका उपप्राध्यापक मुकुन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मीना बिक, मुसीकोट १० का अध्यक्ष धनबहादुर खड्का, वडाका तीनवटै विद्यालयका प्रअ तथा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । सञ्चालन शिक्षक धनेन्द्र रोकाले गर्नुभएको थियो ।
नेपालकै प्रथम कम्युनिष्ट सहिद कामी बुढा २०१० सालमा तत्कालीन सरकारको क्रूर यातनापछि मारिएका थिए ।
उनको स्मृति र सम्मानमा जन्मस्थल खर्सुपानीमा कामी बुढा पार्क निर्माण गरेर नियमित कार्यक्रम हुँदै आएका छन् ।
यसपटकको सहिद दिवस कामी बुढा पार्कमा मनाइएको छ ।
‘भाषा, साहित्य, कला र संस्कृति, जीवन र जगतको समृद्धि’ भन्ने मूल नाराका साथ रुकुम साहित्यमाला कार्यक्रम को १०१ औं शृङ्खलाअन्तर्गत कार्यक्रम भएको हो । विद्यार्थीविच गरिएको कविता प्रतियोगितामा विना कठायत प्रथम, राजेश विसी द्धितीय, सर्जन विष्ट तृतीय र शिखर बुढा तृतीय भएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
