• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा मनाइयो सहिद दिवस




ज्ञानसिन्धु मा.वि घोराही दाङले माघ १६ गते एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि १० सम्मका विद्यार्थी र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा सहिद दिवश मनाएको छ ।

देशको राजनीतिक व्यवस्था परिवर्तनको लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

यसपछि एकतन्त्रीय जहानियाँ राणशासनको विरुद्ध लाग्दा सहादत प्राप्त गर्ने वीर सहिदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दको फोटामा माल्यार्पण गर्दै टीका लगाइदिएर शिक्षक, विद्यार्थीहरुले सहिदहरुको स्मरण गरेका थिए ।

यसैक्रममा विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीले सहिद राष्ट्रका साझा सम्पत्ति भएकाले उनीहरुको वीरताको गाथा गाउन छाड्न नहुने र उनीहरुले राष्ट्र, राष्ट्रियता र व्यवस्था परिवर्तनको लागि दिएको योगदानको उच्च सम्मान गर्नुपर्ने आशय व्यक्त गर्नुभएको थियो ।

सहिदको सपना साकार पार्न भावी पुस्ता निडर र निस्वार्थी भावनाका साथ परिवर्तनको लडाँइ लड्नु पर्ने भन्दै उहाँले देशले मागे प्राण दिनसमेत तयार रहनु पर्ने आशय व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कक्षा ६ की छात्रा शिष्टता वस्नेतले ‘हाम्रा सहिद’ शीर्षकमा कविता वाचन गरिकी थिइन् भने कार्यकार्यको सहजीकरण शिक्षक देवराज भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments