• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा हुने कृषि प्रदर्शनीको तयारी तीव्र, विभिन्न समिति गठन




घोराही, १५  माघ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा मिति आगामी  फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने “लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९” तयारी तिव्र पारिएको छ । शनिवार नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको घोराहीमा बसेको बैठकले मेला सफल पार्न विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ शाखका अध्यक्ष प्रदीप मजगैयाँको संयोजकत्वमा १०१ सदस्य मूल आयोजक समिति गठन गरेको छ । त्यसैगरि प्रदर्शनी व्यवस्थापन सचिबालय समिति गठन गरेको छ, जसको संयोजकमा महासंघ जिल्ला शाखाका बरिष्ठ उपाध्यक्ष लब अधिकारी र सदस्य सचिबमा महासंग घोराही शाखा नगर समिति महासचिब नबिन पोख्रेल रहनु भएको छ ।

बैठकले १५ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ, जसको संयोजक महासंघ प्रदेश कमिटि सल्लाकार सदस्य र पूर्व अध्यक्ष किरण कुमार रेग्मी रहनु भएको मूल आयोजक समितिको संयोजक मजगैयाँले जानकारी दिनु भयो ।

बैठकले १३ वटा उप समिति समेत गठन गरेको छ । जसमा झाकी व्यवस्थापन समितिको संयोजकमा प्रेमकुमारी पुन, स्टल निर्माण तथा व्यवस्थापन समितिको संयोजकमा सिता मल्ल, आर्थिक व्यवस्थापन समितिको संयोजकमा बिष्णु थापा, टिकट व्यवस्थापन समितिको संयोजकमा सागर बस्नेत, अनुगमन तथ मुल्यांकन श्रीमन न्यौपाने, स्वाथ्य संयोजकमा सशिधर ओली, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा नेपबहादुर बिके, कृषि तथा पर्यटन व्यवस्थापन समितिको संयोजकमा युबराज थपलिया, विद्युत खानेपानी तथा सरसफाई समितिको संयोजकमा शिवराज लम्साल, खाना तथा नास्ता व्यवस्थापन समितिको संयोजकमा श्रीधर कुमार लम्साल, पार्किंग व्यवस्थापन समितिको संयोजकमा लिलाधर भण्डारी, संचार तथा प्रचारप्रसार समितिको संयोजकमा दुर्गा प्रसाद पाण्डे र अथिति तथा मंच व्यवस्थापन मुना बस्नेत रहेको मूल आयोजक समितिको संयोजक मजगैयाँले जानकारी दिनुभयो ।

Facebook Comments