घोराही, १५ माघ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङले आगामी फागुन १५ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा शनिवार घोराहीमा बसको बैठकले आगामी फाुगन १५ गते सोमबार स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसलाई भब्य रुपमा सफल बनाउनका लागी घोराहीमा संघका वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको संयोजकत्वमा आर्थिक संकलनका लागी उपसमिती गठन गरिएको कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीले जानकारी दिनुभएको छ । यस्तै पश्चिम दाङमा हिमाल विश्वकर्माको संयोजकत्वमा उपसमिती गठन गरिएको हो ।
वैठकले संघमा आवद्ध पदाधिकारी तथा सदस्यको सदस्यता नविकरण गर्ने तथा नयाँ सदस्यहरुलाई सदस्यता वितरणका लागी माघ १६ गते सम्मको समय तोकेको छ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
