• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा डोजाङ पहिलो




घोराही, १५ माघ । दाङमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो दोजाङनै पहिलो भएको छ । १३ स्वर्ण पाउँदै अल्फा तेक्वान्दो दोजाङ पहिलो भएको हो । प्रतियोगितामा स्वर्ण जित्न सफल महिला तर्फका २८ केजीमा अस्मिता बुढा मगर, ३१ केजीमा निशा पुन मगर, ४३ केजीमा निशा सुनार, ४६ केजीमा कविता देवान र २९ केजीमा खुशी जिएम रहेका छन् भने पुरुषतर्फ ३२ केजीमा तोसन बिष्ट, ३५ केजीमा बिनिम जिएम, ३८ केजीमा हेमन्त जिएम, ४१ केजीमा आकाश नेपाल, ४५ केजीमा नितेश रोका, ४९ केजीमा जस्मिन चौधरी र पुम्से तर्फ रेड बेल्टमा आयुष न्यौपाने रहेका छन ।

त्यस्तै नारायणपुर तेक्वान्दो दोजाङ दोस्रो भएको छ । पाँच वटा गोल्ड पाउँदै नारायणपुर तेक्वान्दो दोजाङ दोस्रो भएको हो । त्यसैगरी तिन वटा स्वर्ण आइबिएस तेक्वान्दो तुलसीपुरले पाउँदै तेस्रो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलार्ई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक अल्फा तेक्वान्दो दोजाङको प्रमुख तथा प्रतियोगिताका कोर्डिनेटर सुनिता बिष्टले बताइन्।May be an image of 5 people, people standing and outdoors

पुरूषको ११ र महिला तर्फ ९ वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको बिष्टले बताईन । पुरुषतर्फमा २०, २३, २६, २९, ३२, ३५, ३८, ४१, ४५, ४९, ५१ केजी तथा महिलातर्फ २२, २५, २८, ३१, ३५, ३९, ४३, ४६, ४९किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको बिष्टले जानकारी दिईन । त्यस्तैगरी पुरुष तर्फ उत्कृष्ट खेलाडी नारायणपुर तेक्वान्दो दोजाङका २३ केजीका रिदम रामझाली मगर र महिला तर्फ उत्कृष्ट खेलाडी अल्फा तेक्वान्दो दोजाङका २८ केजीकी अस्मिता बुढा मगर चुनिएका हुन ।

प्रतियोगिता भाग लिएका २० बटा टिम मध्य न्यू मोडेल नारायणपुर अनुशासित टिम हुन सफल भएको दोजाङकी प्रमुख बिष्टले बताइन्। बिष्टको अनुसार सहभागी टिम, खेलाडीहरु, सम्पूर्ण रेफ्री र कोचलाई प्रमाण–पत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो । आयोजक अल्फा तेक्वान्दो दोजाङ संग भएको रकम र अरु रकम सहयोग जुटाएर प्रतियोगिता संचालन गरेको हुन , माघ १३ र १४ गते घोराहीमा भएको थियो ।

Facebook Comments