• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको चुरे क्षेत्रमा बाघको अध्ययन सुरु




नेपाल भारत सीमा क्षेत्रमा पर्ने दाङको दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन शुरु भएको छ । दाङ जिल्लामा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अध्ययन शुरु गरिएको हो । सरकारीस्तरबाट पाटे बाघको अवस्था पत्ता लगाउन ठूलो लगानीमा अध्ययन शुरु भएको हो ।

A Royal Bengal Tiger, also known as Pate Bagh, spotted at Suklaphanta National Park in Kanchanpur district, on Tuesday, March 05, 2019. Photo: RSS

दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताहरुले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको छ ।

बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य बन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ । दुई सय वटा क्यामरा जडान गरिएको देउखुरी डिभिजन वन कार्यालय लमहीका कार्यक्रम फोकल पर्सन चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

नागरिक वैज्ञानिक, स्थानीय उपभोक्ता र वन कर्मचारीसहितको ४४ जनाको समूह सर्भेक्षणमा खटिएको छ । ४० दिनसम्म राखिने ती क्यामरामा कैद हुने भिडियो र फोटोको आधारमा पाटे बाघ र अन्य संरक्षित वन्यजन्तुको अवस्था पत्ता लाग्ने भएको हो ।

Facebook Comments