दाङ, १४ माघ । दाङको लमहीमा अवस्थित ज्योतिष्मती विद्यापीठको १७ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आज शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथिहरू प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, लमही नगरपालिका, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी , लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी, नगर शिक्षा प्रमुख रविन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मान तथा पुरस्कार
ज्योतिष्मती विद्यापीठ लमहीको १७ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । ज्योतिष्मतीआमा सम्मान पुरस्कारबाट कक्षा १० की छात्रा एलिसा पौडेल र कक्षा ११ मा अध्ययनरत अमृता खनालका आमालाई सम्मान गरिएको थियो । वार्षिक शैक्षिक गतिविधिमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण भुसालले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य तथा प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा कानुन संकायका विद्यार्थीहरूले छोडपत्र सम्बन्धि वहस सञ्चालन गरेका थिए ।
विद्यालयका प्रबन्ध निर्देशक सुधीरकुमार अधिकारीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण विद्यालयका सह प्रधानाध्यापक बिनोद भट्टराई र शिक्षिका लक्ष्मी पौडेलले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
