• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानको बागचाैर नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने




नबिन पिएम
सल्यान,१३ माघ । बागचाैर नगरपालिका आज शुक्रबारबाट नगर कार्यपालिकाकाे नव निर्मित प्रशासनिक भवनमा सरेको छ । अब आफ्नै भवनबाट सेवग्राहीलाई सेवा प्रवाह गर्ने भएको छ ।

यसअघि घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरपालिकाले घरभाडा वापत ४८ हजार बढी रुपैयाँ तिर्दै आएको थियाे । अब भवनकाे भाडा बापतकाे याे रकम बचत हुने नगर प्रमुख जनकराज गाैतमले जानकारी दिनु भयो ।

भवन भ्याट बाहेक ३ करोड २९ लाखमा निर्माण गरिएकाे हाे । नगरपालिकाको भवन निर्माणका लागि बागचाैरका ३३ जनाले जग्गादान र २३ जनाले नगद रकम सहयाेग गर्नु भएको थियो । उहारुलाई नगरपालिकाले सम्मान समेत गरेकाे छ ।

नव निर्मित प्रशासनिक भवनकाे उद्घाटन कार्यक्रममा शुक्रबार भब्य कार्यक्रमका बिच नगर प्रमुख जनकराज गाैतमले उद्घाटन गर्नुभएको थियो ।

 

उप-प्रमुख सुम्निमा डि.सी वली, निवर्तमान नगर प्रमुख लाेकमान बुढाथाेकी, निवर्तमान नगर उप-प्रमुख कल्पना पुन, प्रमुख प्रासकीय अधिकृत अनन्तकुमार गाैतम, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीयहरुकाे उल्लापुर्ण सहभागिता रहेकाे उप-प्रमुख डिसी वलीले जानकारी दिनु भयो ।

Facebook Comments