• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम नेपालका प्रथम चित्रकार योगी प्रभातनाथको शालिक अनावरण




पश्चिम नेपालका प्रथम चित्रकार गुरु योगी प्रभातनाथकिो शालिक अनावरण गरिएको छ ।

गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरामाको हाताभित्र निर्माण गरिएको शालिकको मठाधीश योगी ब्रह्मनाथ र महन्त सुरतनाथ योगीले संयुक्तरुपमा अवाण गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरुले प्रभातनाथको योगदानको चर्चा गर्दै शालिकले उहाँको स्मरण र सम्मानमा सहयोग पुग्ने बताउनुभयो । प्रभातनाथसँग संगत गर्नुुभएका डा. नारायणनाथ योगीले भारतमा जन्मेका प्रभातनाथले नौ बर्षको उमेरमा घर छाडेको र १३ बर्षदेखि नेपाल आएर बस्न थालेको बताउनुभयो ।

राप्तीका सबै चित्रकारहरु उहाँकै चेला भएको उल्लेख गर्दै नारायणनाथले भन्नुभयो– ‘अहिले पनि नेपाल र भारतका धेरै ठाउँमा उहाँकै चित्रकथाहरु इतिहासको वर्णन गर्ने माध्यमको रुपमा रहेका छन् ।’ योगीले आफ्नो सम्पूर्ण जीवन दाङ भूमिको कला क्षेत्रमा समर्पित गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रभातनाथका चेला विष्णुप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

दाताहरुको सहयोग तथा सिद्ध रत्ननाथ मन्दिरको संयुक्त प्रयासमा शालिक निर्माण गरिएको हो । दाताहरुको तिन लाख तथा मन्दिरको दुईलाख गरी कूल पाँच लाख रुपैँयाको लागतमा निर्माण गरिएको शालिक निर्माण संयोजक राजीव योगीले जानकारी दिनुभयो ।

सिद्धरत्ननाथ पुस्तकालयका व्यवस्थापन शंकर योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शालिक निर्माण संयोजक राजीव योगीले गर्नुभएको थियो । सो अवसरमा दाताहरुलाई रुद्राक्ष माला लगाएर सम्मान पनि गरिएको थियो ।

Facebook Comments