• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थापना दिवसका अवसरमा दिप प्रज्वलन




संयुक्त एम्बुलेन्स चालक संघले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन एवं बजार परिक्रममा गरेको छ । संघका घोराही नगर कमिटिका अध्यक्ष अमरराज कुवरको अध्यक्षता एवं संघका लुम्विनी प्रदेश सदस्य दीपक बुढाथोकीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो । ‘ सेवा नै धर्म हो’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संघले उक्त स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संयुक्त एम्बुलेन्स चालक संघका प्रदेश सदस्य बुढाथोकीले मानव सेवाको कर्म गर्दै आइरहेको एम्बुलेन्स चालकहरु पेशागत रुपमा सुरक्षित र संरक्षित हुन नसकेको बताएका थिए ।

मानव सेवाका लागि २४ सैै घण्टा सेवारत चालकहरु पारिश्रमिक व्यवस्थापनदेखि सोवा शुल्क निर्धारणसम्मको काम राज्यले गर्न नसकेको भन्दै तत्काल राज्यले चालकहरुको पेशागत सुुरक्षा, सेवा शुल्क निर्धारण गर्नुुपर्ने बताए । उनले भने–‘ हामी दिनरात सेवारत छांैं । तर हाम्रो सेवा वाफतको सम्मान र मूल्य राज्यले दिन सकेको छैन । ’

कार्यक्रमका अध्यक्ष कुुवरले एम्बुलेन्स भाडादर कायम गर्न राज्यसँग माग गरेका छन् । एम्बुलेन्स सेवाको भाडादर राज्यले निर्धारण गर्न नसक्दा मनोमानी रुपमा जथाभावीमा सेवा शुल्क तोक्ने लिने काम भइरहेकाले राज्यले निश्चित भाडादर निर्धारण गरी एम्बुलेन्स सेवामा एकरुपता ल्याउन आवश्यक रहेको बताएका थिए । घोराहीको ट्राफिक चोकदेखि तुुलसीपुर चोक हुदै नयाँ बजार , अस्पताल रोड हुदै ट्राफिक चोकसम्म एम्बुुलेन्सहरुले संयुक्त रुपमा बजार परिक्रमा गरेका थिए ।

Facebook Comments