• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौघेरामा योगी प्रभातनाथको शालिक निर्माण, भोलि अनावरण गरिने




पश्चिम नेपालकै प्रथम चित्रकार गुरु योगी प्रभातनाथकिो शालिक अनावरण गरिने भएको छ ।

दाताहरुको सहयोग तथा सिद्ध रत्ननाथ मन्दिरको संयुक्त प्रयासमा शालिक निर्माण गरिएको हो ।

दाताहरुको तिन लाख तथा मन्दिरको दुईलाख गरी कूल पाँच लाख रुपैँयाको लागतमा निर्माण गरिएको अर्धकदको पित्तल धातुको सो सालिमको २०७९ माघ १२ गते श्रीपञ्चमी तिथि तथा सरस्वती पूजाका दिन अनावरण गरिने शालिक निर्माण संयोजक राजीव योगीले जानकारी दिनुभयो ।

शालिकअनावरण कार्यक्रममा सम्र्पणदाता, कलाप्रेमी, बुद्धिजिवी, पत्रकार तथा आम जन समुदायलाई आमन्त्रण रहेको उहाँले जानकारी दिनुभयो ।

भारतको गुजरात राज्यमा जन्म भएका योगी १० बर्षको उमेरदेखिसांसारिक जीवन परित्याग गरी योगी जीवनमा लाग्नु भएको थियो । योगीले आफ्नो सम्पूर्ण जीवन दाङ भूमिको कला क्षेत्रमा समर्पित गर्नुभएको थियो ।

Facebook Comments