• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविताः अनौठा मान्छे




पुरन शर्मा
ब्यक्ति समूह बस्ति भेट्छु अचेल
ब्याएर पनि दूध नदिने गाई
पालेर बस्छन् कोही

जति गरे पनि नजोत्ने गोरु
दिनरात घाँस पानी खुवाई
स्याहारिरहेछन् कोही
न भारी बोक्छ
न त यात्री नै
अजङ्गको घोडा पोसिरहेछन् उनी
कहिल्यै उब्जनी नदिने पाखो बारी
निरन्तर मलजल हाल्दै
खनजोत गर्दैछन् वस्तीहरु
के मानौ,
इमानदार सोझा या मुर्ख ?

किन त् ?
सोध्दा भन्छन्
दूध नदिए पनि गाईले
नयाँ बाच्छा बाच्छि दिन्छन् नि !
नजोते पनि गोरुले
उर्वर गोबरमल र साथ गाईको दिन्छन्
भन्छन् उनी
भारी नबोके पनि
मल काम नलागे पनि
घोडाको साथ दिन्छ
हिन्हिनाउछ, आशा लाग्छ
उब्जनी छैन थाहा छ
मलजल बेकार छ थाहा छ
बाबबुबाजे बसेको ठाउँ
पित्रि रिसाउलान्, माया लाग्छ
सकिन्न सम्याउन, आकार बदल्न र प्रकार ढाल्न
न त सकिन्छ, छाड्न नै
कहाँ सकिन्छ र यो पाखो बिर्सन ?
के भनौ सोझा, इमानदार या या मुर्ख ?

कहरैकहरको बाटोमा
उसैलाई, सकिनसकी
बोकेर उक्लदैछ
अजङ्गको पहाड
जसले उसैलाई चिन्दैन
के भनौ इमानदार,सोझा या भनौ मुर्ख ?

नवलपुर, दाङ

Facebook Comments