कमल खड्का
होलेरी, ९ माघ । रोल्पामा हिजो आइतबार बिहान एक घरमा आगलागी भएको छ । लागलागीबाट करिब ३ लाख २५ हजार बराबरको क्षेति भएको धौलावाङ प्रहरी चौकीका असई अमर थापाले जानकारी दिएका छन् ।
आगोले स्थानीय केशर बहादुर पुनको छोरी ज्वाइ बस्दै आएको घर जलेर नष्ट भएको हो । आगलागी कसरी भएको हो भनेर खुल्न सकेको छैन तर प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागी भएर क्षेति भएपछि रुन्टीगढी गाउँपालिका, रेडक्रस सोसाइटी उपशाखा होलेरी र गोल दोस्रो परियोजनाले संयुक्त रुपमा अग्नीपीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहात स्वरुप उपलब्ध गराएको छ ।
जलेर नष्ट भएको घरमा ४ जना परिवार बस्दै आएका थिए । घर जलेर नष्ट भएपछि ती परिवार आफन्तीको घरमा बस्दै आएका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।