• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह जारी, चौंथो दिन आज दुई खेल




घोराही, ९ माघ । घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा जारी खेलकूद सप्ताहको चौंथो दिन दुई खेल सम्पन्न भएका छन् । अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लबको आयोजना शुक्रबारदेखि सुरु भएको उक्त सप्ताहमा सोमबार फुटबल र फुटसल प्रतियोगिता सम्पन्न भएका हुन् ।

आज भएको फुटबलको समिफाइनलको खेलमा क्यासम्पमा भर्ना भएका २०७७ ब्याचका छात्र समूहलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्याम्पसमा भर्ना भएका २०७६ ब्याचका छात्र समूह विजयी भएको हो । घोराही–१८ नवलपुर खेल मैदानमा भएको प्रतियोगितामा २०७६ ब्याचका छात्र समूहलाई जित दिलाउन अरुण हमालले ३ गोल र वसन्त रोकाले १ गोल गरेको थिए । उपविजेता बनेको २०७७ ब्याचका छात्र समूहका निश्चल रोका मगरले १ गोल फर्काएका थिए ।

त्यसैगरी आज भएको फुटसल खेलमा क्यासम्पमा भर्ना भएका २०७८ ब्याचका छात्रा समूहले क्याम्पसमा भर्ना भएका २०७६ ब्याचका छात्रा समूहलाई ३–० ले हराउँदै विजयी भएको भएको हो । फुटसल खेलमा २०७८ ब्याचका छात्रा समूहलाई विजयी बनाउन केशमाला बुढामगरले २ गोल र आरती रानामगरले १ गोल गरेको अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लबका अध्यक्ष अरुण हमालले जानकारी दिए ।

क्याम्पसमा अध्ययनरत बिसिए, सिएसआइटी र बिआइएमका विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागी रहेका छन् ।

Facebook Comments