• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का हुँदा जनताले भोगेको समस्याप्रति नेकपाको ध्यानाकर्षण




दाङ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको नाममा रोक्का भएको जग्गाको कारणले जनताले भोगेको समस्याप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा दाङका सेक्रेटरी जनक सीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै सो समस्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

सेक्रेटरी जनकद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ – ‘दाङ जिल्ला राप्ती गाउँपालिकाका सबै वडाहरु , गढवा गाउँपालिकाको वडाहरु १ , २ र ३ , सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ गरि जम्मा १४ वटा वडाहरुमा बिगत लामोसमयदेखी लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का भइ जनतालाइ विभिन्न खालको समस्या पर्दा समेत जनताको समस्याप्रती प्रदेश सरकार गम्भीर नभएको र राजधानी स्थापना भइसकेको अवस्थामा समेत जग्गा फुकुवा नभएको प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

बिज्ञप्तिमा लामो समयसम्म जग्गा फुकुवा नहुदा त्यसको असर व्यापार(व्यवसाय , बैंकिङ कारोबारो , घरायसी कारोबारमा पर्न गइ विभिन्न खालका आर्थिक समस्याहरु जनतालाइ पर्न गएको समेत उल्लेख गरिएको छ ।

यस्तै बिज्ञप्तिमा स्पष्ट भनिएको छ – ‘ जग्गा फुकुवाको नभएको अवस्थामा समेत परिस्थितिलाई नबुझी वित्तीय संस्थाहरु , बैंकहरुले जनतालाइ अप्ठ्यारोमा पार्ने , जग्गा लिलाम प्रक्रियामा लैजाने जस्ता कामकार्य अव्यवहारिक देखिन्छ । एकातिर सरकारको अनिर्णय अर्कोतिर बैंकहरुको ताकेताले जनतालाइ अप्ठ्यारो अवस्था सिर्जना भएको छ । जनताको अप्ठ्यारो परिस्थितिप्रती समबन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण भइ समस्या समाधानको निम्ति तत्परता देखाउन अनुरोध छ । बैंक , वित्तिय संस्थाहरुले सेवाग्राहीलाई गरिने ज्यादती बन्द गर्न समबन्धित सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ।’

प्रेस बिज्ञप्तिको पूर्णपाठ ःNo description available.

Facebook Comments