• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर विद्यालय शिक्षक भलिबलको उपाधि गोरखा स्कूललाई




घोराही, ९ माघ । दाङमा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि गोरखा इन्टरनेशनल सेकेण्डरी स्कूल घोराहीले हात पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा जनज्योति माविलाई हराउँदै गोरखा स्कूल प्रथम हुँदै उपाधि हात पारेको हो ।

आज सोमबार दिउँसो गोर्खा स्कूल घोराहीमा जनजोति मावि र गोर्खा माविबीच सम्पन्न भएको फाइनल खेलमा गोर्खा मावि प्रथम भएको हो, भने जनजोति मावि हार व्यहोर्दै दोस्रो भएको छ ।No description available.

प्रतियोगिताको तेस्रो स्थान दीपशिखाले हात पारेको छ । प्रतियोगितामा १४ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिएका थिए ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता एवं प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगितामा सम्पन्न भएको थियो ।

Facebook Comments