• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह जारी, तेस्रो दिन आज दुई खेल




घोराही, ८ माघ । घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा जारी खेलकूद सप्ताहको तेस्रो दिन आज आइतबार दुई खेल सम्पन्न भएका छन् । अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लबको आयोजना शुक्रबारदेखि सुरु भएको उक्त सप्ताहमा आज फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएका हुन् ।

आज बिहान भएको पहिलो खेलमा क्यासम्पमा भर्ना भएका २०७५ ब्याचका छात्र समूहलाई ३–० गोल अन्तरले पराजित गर्र्दै क्याम्पसमा भर्ना भएका २०७७ ब्याचका छात्र समूह विजयी भएको हो । घोराही–१८ नवलपुर खेल मैदानमा भएको प्रतियोगितामा २०७७ ब्याचका छात्र समूहलाई जित दिलाउन शिशिर डाँगीले २ गोल र सौरव भट्टले १ गोल गरेको थिए । त्यसैगरी आज बिहान भएको दोस्रो खेलमा क्यासम्पमा भर्ना भएका २०७९  ब्याचका छात्र समूहलाई ३–० गोल अन्तरले पराजित गर्र्दै क्याम्पसमा भर्ना भएका २०७८ ब्याचका छात्र समूह विजयी भएको हो । घोराही–१८ नवलपुर खेल मैदानमा भएको प्रतियोगितामा २०७८ ब्याचका छात्र समूहलाई जित दिलाउन नरेश पुनमगरले २ गोल र नविन श्रेष्ठले १ गोल गरेको अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लब अध्यक्ष अरुण हमालले जानकारी दिए ।

त्यसैगरी आज दिउँसो भिएन कलेजमा भएको पहिलो भलिबल खेलमा क्यासम्पमा भर्ना भएका २०७८ ब्याचका छात्र समूहले क्याम्पसमा भर्ना भएका २०७७ ब्याचका छात्र समूहलाई १५–८ र १५–४ को सोझो सेटमा हराउँदै विजयी भएको हो भने क्याम्पसमा भर्ना भएका २०७८ ब्याचका छात्राले क्याम्पसमा भर्ना भएका ७५ ब्याचका छात्रालाई सोझो सेटमा हराउँदै विजयी भएको क्यलबका अध्यक्ष हमालले सिस्ने अनलानइनसँगको कुराकानीमा बताए ।

क्याम्पसमा अध्ययनरत विसिए, सिएसआइटी र बिआइएमका विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागी रहेका छन् ।

Facebook Comments