• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव




गोविन्द खड्का / कृषि विकास बैंकको ५६ औं बार्षिकोत्सव तथा पुनर्मिलन समारोह शनिवार घोराहीमा भएको छ । लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवात्सवको अध्यक्षता एवं सेवा निवृत्त शाखा प्रमुख टुकाराम पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

घोराही बजारमा प्रभात फेरि कार्यक्रम गरेर घर आँगनको बैँक कृषि विकास बैँक भनि चिनाएका थिए । बजार परिक्रमा पछि कार्यालयको गेटमा पुग्दा दुुलहि भित्रयाउने जस्तो सहभागिले हर्ष बढाई गरे । भित्रपस्ने क्रममा हुटिङ गर्दै धेरै जसो नाचिरहेका थिए ।

अनुमान गर्ने र निशाना लगाउन सक्ने क्षमताको विकास गर्ने घैँटाफोर प्रतियोगिता आयोजना गरिएको थियो । आयोजकले एक जना उत्कृष्ठहुने गरी तयारी गरकोमा दुई जनाले घैटो फोडि दिए । तुलसीपुर शाखका एमुना वलिले सबैलाई चकित पार्दै ठिक ठाउँमा ठोक्नुभयो । आँखैले देखेको जस्तै तरिकाले घोराहीका प्रकाश पोख्रेले पनि ड्याम्मै फुटाल्नुभयो ।
यसैगरी महिला कर्मचारीहरुको कुर्सि दौड प्रतियोगिताले पनि बैँक परिसरको बातावरणलाई निकै रमणीय बनाएको थियो । त्यस प्रतियोगितामा प्रथम करुणा विसी, द्धितिय शान्ति वस्नेत र तृतिय अमृता थापा हुनुभयो । पुरुषले मात्रै खेल्ने भनिएको रसाकस्सीमा पनि महिलाले दावि गरे । तिनले पनि अवसर खोजेपछि खेल थप रोचक भयो ।

दुईटिम बनेर मैदानमा महिलाहरु प्रतिस्पर्धामा उत्रिए । कम्मर चुण्डीले बाँधेर, खालि खुट्टा निकै बल गरेर डोरी ताने । रसि संगै पल्टिदाँ पनि चोटको प्रवाह नगरी रमाईलोमै खेल समापन गरेका थिए । यसैगरी पुरुषका दुई टिम र महिला एक टिमले डोरी ताना तान गरी आफ्नो बल देखाए । सहभागिलाई पेट मिचि मिची हँसाएर भरपुर मनोरञ्जन दिए । सबै खेलका विजेताहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।
यसैगरी २५ वर्ष सेवाअवधि पुगेका कर्मचारीलाई कदर पत्र र नगद रकमले सम्मान गरीएको थियो । जसमा बरिष्ठ शाखा अधिकृत लक्ष्मण कार्की र युवराज डिसी हुनुहुन्थ्यो । त्यसै गरी चालक द्धितिय लालबहादुर बस्नेत, बरिष्ठ शाखा प्रमुख जनकबहादुर शाह र कार्यालय सहायक कोमा रावत लामिछाने लगाएत सम्मानित हुनुभयो ।

यसैगरी २० वर्षे सेवा अवधि पुगेकालाई तक्मा कदर पत्र र नगदले सम्मान गरीएको थियो । जसमा बरिष्ठ शाखा अधिकृत चिरन्जिबि डिसी, कार्यालय सहायक आलोक प्रताप सिंह र दुर्गाप्रसाद भट्टराई, सहयोगी कर्मचारी द्धितिय जयमल ऐरी र कार्यालय सहायक शकुन्तला शाह पुरस्कृत एवं सम्मानित हुनुभएको थियो । यसैगरी निवृत्त कर्मचारीहरुलाई पनि आतिथ्यता प्रदान गरेर विशेष कदर गरीएको थियो ।
दुःख सुखका कुरा सुन्ने र मायाप्रेम साट्ने अवसर दिएको भन्दै प्रमुख अतिथि पन्तले खुशि व्यक्त गर्नुभएको थियो । नयाँ नयाँ कार्यक्रम ल्याएर थप लोकप्रिय बनेको बताउनुभयो ।

काठमाण्डौ र भैरहवा पछिको विजेता लुम्बिनीको यहि बैँक उत्कृष्ठ रहेको निर्देशक श्रीवात्सवले जानकारी दिनुभयो । उहाँले कर्मचारीलाई निराश नहुन निर्देशन दिनुभयो । उच्च व्यवस्थापन समक्ष सबै रिपोर्टिङ गर्ने बताउनुभयो । नेटवर्क र अर्थमा कुनै कमि नरहेको, सरुवा, बढुावा पुरस्कृत मापदण्ड अनुसार न्यायोचित ढंगले गरिने उहाँको भनाई थियो । उहाँले निवृत्त कर्मचारीलाई दशैँ वा स्थापना दिवसमा सम्झिने तथा प्रोत्साहन दिन कार्यक्रम ल्याउने । अहिले श्यास्थ्य विमा गरीएको वताउनुभयो ।

यसैगरी विशेष अतिथि मुख्य शाखा धम्बोजी प्रबन्धक तथा विभागिय प्रमुख मनोज भक्त आचार्यले कृषि विकास बैँक धेरै इन्डिकेटरबाट स्ट्रोङ भएको बताउनुभएको थियो । बैँकका बरिष्ठ शाखा प्रमुख बिनोदकुमार पाण्डेयको स्वागत बाट शुरु भएको कार्यक्रममा कृषिविकास बैँक कर्मचारी संघका लुम्विनि प्रदेश सह संयोजक अतिश शर्मा, नेपाल बित्तिय संस्था कर्मचारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष बलबहादुर साउद। बैंक  कर्मचारी संगठनका प्रतिनिधि रामकुमारी पुन लगाएतले शभाकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहजीकरण अनील भूषाल ररुकमागत पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन प्रदेश कार्यलयका लेखापाल बुद्धिप्रकाश चौधरीले गर्नुभएको थियो ।

Facebook Comments