• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर विद्यालय शिक्षक भलिबलमा गोरखा र जनज्योति फाइनलमा, दीपशिखा तेस्रो




निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा हिजोदेखि घोराहीमा सुरु भएको अन्तरविद्यालय शिक्षक भलिवल प्रतियोगितामा गोरखा मावि र जनज्योति मावि फाइनलमा पुगेका छन् ।

प्रतियोगिता दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सञ्चालन भइरहेको छ । दुबै विद्यालयबिचको फाइनल भोलि दिउँसो साढे तीन बजे हुने भएको छ ।

१४ विद्यालयले भाग लिएको प्रतियोगिताको तेस्रो स्थान दीपशिखाले हात पारेको छ । आज ज्ञानज्योति घोराहीलाई पराजित गरी दीपशिखा घोराहीले तेस्रो स्थान हात पारेको हो ।

Facebook Comments