• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघले नापतौलको शिविर सञ्चालन गर्ने




दाङ, ८ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नापतौलको सम्वन्धी शिविर सञ्चालन गर्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय नेपालगञ्जको सेवा जिल्लामा दिन थालिएको हो । शिबिर सोमबारदेखि घोराहीमा हुने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

शिविरमा उद्योगी तथा व्यावसायीहरुले आफना नाप तौलका सामग्रीको चेक जाँच , नवीकरण, नयाँ दर्ता, गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यावसायीहरुको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष वुढाथोकीले आग्रह गरेका छन् । ‘नाप तौलका सामग्री परीक्षण, तथा नविकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस’ उनले भने ।

उद्योगी तथा व्यावसायीहरुलाई नाप तौल कार्यालयसंग समन्वय गरेर शिविर सञ्चालन गर्न थालिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । जिल्लामा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यावसायीहरुलाई नेपालगञ्जसम्म जानुपर्ने वाध्यता रहेको छ ।

Facebook Comments