• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अन्तर विद्यालय शिक्षक भलिबल जारी




निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा हिजोदेखि सुरु भएको अन्तरविद्यालय शिक्षक भलिवल प्रतियोगिता आज सकिदैछ । प्रतियोगिता दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा १४ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिएका छन् भने घोराही प्याव्सन र राप्ती प्याव्सन विभागीय टीमको रुपमा रहेको छन् । तीमध्ये हिजो भएको खेलमा मेचीकालीले अन्नपूर्णलाई, ज्ञानज्योतिले लिटिल एञ्जल र सनराइजलाई, गोरखा घोराहीले विद्यानिकण्ठलाई, दीपशिखाले माउन्टभ्यूलाई र जनज्योतिले शुभदर्शन देउखुरीलाई पराजति गरेका थिए ।

चन्द्रोदय र स्टारबीच भएको खेलमा चन्द्रोजय विजयी भए पनि केही खेलाडी गैरशिक्षक भएको पाइएपछि स्टारलाई विजेता घोषणा गरिएको थियो । त्यस्तै विभागीय घोराही प्याव्सनले राप्ती प्याव्सनलाई पराजित गरेको थियो । सबै खेल २–० को सोझो सेटमा सकिएका थिए । आज क्वाटर फाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान प्राज्ञिक सल्लाहकार अरूणकुमार शर्मा, प्याब्सन दाङका निवर्तमान सल्लाहकार नौलसिंह जिएम, प्याब्सन घोराही नगर अध्यक्ष बीरेन्द्र चन्द, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल मानसिंह घर्ती लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता भएको समुद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विजयमान जिएमले स्वागत गर्नुभएको थियो भने सचिव आदिम केसीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments