• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाको सभापतिमा जीवन




कमिरेचौर ८ माघ
नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाको दोस्रो अधिवेशन सनिवार  कमिरेचौरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखा सभापति चुरामणी नेपालीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा कमिरेचौर उपशाखाको सांगठनिक र आर्थिक प्रतिवेदन उपशाखा सचिव जिवन नेपालीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका मन्त्रि प्रकाश श्रीवन्द, बंगलाचुली गाउँपालिका वडा नं ६ का निवर्तमान अध्यक्ष बेदुलाल जि.सी. , नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाका संस्थापक सभापती चेतनाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका कार्यालय प्रमुख विश्राम अधिकारी,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका कार्यसमिति सदस्य भिमलाल मरासिनी लगायत अन्य आजिवन सदस्यहरु सहित विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखा सदस्य भीम बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव जिवन नेपालीले गर्नुभएको थियो ।

यसैवचि कमिरेचौर उपशाखाको दोश्रो अधिवेशने उपशाकाको सभापतीमा जीवन नेपाली सर्वसहमत चयन हुनुभएको छ । अधिवेशनले नेपालीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको महिला उपसभापतिमा थम्मन कुमारी पौडेल, सचिवमा रुकप्रसाद पुलामी, सह सचिवमा थमन गिरी, कोषाध्यक्षमा भीमबहादुर खत्री, उपकोषाध्यक्षमा तेजप्रसाद पौडेललाइ चयन गरिएको छ । यस्तै सदस्यहरु बेदुलाल घर्तीक्षेत्री, लाल बहादुर गिरी, दुजा घर्तिमगर, गिरबहादुर थापा र महिला सदस्यमा खिमा वली रहनुभएको छ ।

Facebook Comments