• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–तुलसीपुर फोरलेन सडकको खाल्डाखुल्डी पुर्न विप्लवका युवा सडकमा




तुलसीपुर,  ७ माघ/ तुलसीपुर -घोराही सडकखण्डको फोरलेन सडक निर्माणको ढिलाईले जनताले सास्ती भोगिरहेको बेला तुलसीपुरका सक्रिय युवाहरुले तुलसीपुर क्षेत्रभित्र पर्ने सडकका खाल्डाखुल्डी पुर्न लागिपरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवन योगीको नेतृत्वमा तुलसीपुरका सामाजिक युवाहरूले सुरू गरेको हात्तीखौवा देखी मज्गैसम्मको फोरलेन सडकमा खाल्डा भर्ने अभियान सुरु गरिएको अभियानमा आज नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ पनि सहभागी बनेको छ ।

युवा संगठन नेपाल दाङका अध्यक्ष सुदर्शन सी , उपाध्यक्ष दिपेन्द्र सी सहित संगठन तुलसीपुर उपमहानगर कमिटीका दर्जनौ युवाहरु सहितको टिम सडकका खाल्डा खुल्डी भर्ने अभियानमा जुटेको हो ।

डेलिन्युजराप्ती अनलाइनसंग कुरा गर्दै युवा संगठन नेपाल दाङका अध्यक्ष सुदर्शन सीले भने – ‘हामी जनताको सुखदुःखमा सधै संगै हुन्छौं । यो अभियान हाम्रा लागि नौलो विषय त होइन तर महत्वपूर्ण चाहिँ हो । फोरलेन सडक समयमै नबन्दा थुप्रैले ज्यान गुमाएको र दुर्घटनाको समेत उच्च जोखिम रहेको छ । साथै दिनहुँ जनताले सास्ती व्यहोर्नुपर्ने अवस्था पनि उत्तिकै छ । यसको जिम्मेवार राज्यले लिनुपर्छ । हामी चेतावनी दिन चाहान्छौ फोरलेन सडक निर्माण कार्य अबिलम्ब सुरु नभए चरणबद्ध आन्दोलन अघि बढाउछौ ।’

सडकमा निर्माणमा ढिलाइ हुँदा धेरैले ज्यान गुमाएको र दुर्घटनाको जोखिम बढेकोले अभियान थालिएको हो । यो अभियानमा जोडिन सबैलाई अनुरोध समेत अभियानकर्ताले गरेका छन ।

माघ ५ गतेदेखी सुरु गरिएको घोराही सडक खण्ड मर्मत अभियानको पहिलो दिन हात्तीखवा चोकदेखि मोतिपुरसम्म मर्मत कार्य भएको छ भने आज मोतिपुरदेखि पुर्व पर्सेनीसम्मको मर्मत कार्य अघि बढेको जनाइएको छ ।

Facebook Comments