• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारका नवनियुक्त पदाधिकारीलाई नागरिक समाजकाे बधाई




घाेराही, ७ माघ । नागरिक समाज दाङले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमार्फत निर्वाचित सदस्यहरुकाे चयन पश्चात् नेपाल सरकारकाे प्रधानमन्त्री, मन्त्रीलगायत प्रदेश सभा प्रमुख, मुख्यमन्त्री, मन्त्री चयन हुनुभएकोमा बधाई ज्ञापन गरेकाे छ ।

समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा आज शनिबार घाेराहीमा बसेकाे नियमित बैठकले समृद्ध नेपाल सुखी नेपालीकाे नारा सार्थक बनाउँदै सुशासनयुक्त शासन व्यवस्था कायम भै विकासले गतिलिने सकाेस् भन्ने कामना पनि गरेकाे छ ।

लुम्बिनी प्रदेशकाे समग्र विकास र सुशासनका लागि मुख्यमन्त्री लिला गिरीसमक्ष आवश्यक बुँदासहित यथाशीघ्र ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे छ ।

यसैगरी, माघ १ गते पाेखरामा यति एअरलाईन्सकाे विमान दुर्घटनामा परी दिवंगत हुनु भएका सम्पूर्णमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेकाकुल परिवारजनमा गहिराे समवेदना प्रकट गरेकाे समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments