• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह, आज खेल सकिए




घोराही, ६ माघ । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह सुरु भएको छ । अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लबको आयोजनामा आज शुक्रबारदेखि उक्त खेल सुरु भएको हो ।

आजबाट सुरुभएको खेलकूद सप्ताहमा तीन खेल सकिएका छन् । जसमा म्यूजिकल चेयर, ब्याटमिन्टन र चेस खेलका प्रतियोगिताहरु सकिएका हुन् ।

छात्रातर्फको म्यूजिकल चेयर प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्रा सृजना डांगी प्रथम स्थान, बोमकला मगर द्वितीय स्थान र निर्मला डांगी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यस्तै छात्रफर्तको ब्याटमिन्टन प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र पदम महरा र करण लोहार प्रथम भएका छन् भने हस्तबिर बुढा मगर र गौरव भट्ट द्वितीय भएका हुन् ।

त्यसैगरी छात्रफर्फको चेस खेल प्रतियोगितामा क्याम्पस अध्ययनरत छात्र शोहेल मनसुरी प्रथम भएका छन्, भने नबराज रेग्मी द्वितीय र सुमन केसी तृतीय स्थान हासिल गर्न सफल भएको अम्बिकेश्वरी क्याम्पस स्पोर्ट्स क्लबका अध्यक्ष अरुण हमालले जानकारी दिए ।
ध्चष्तभ तय व्बलन च्भगभि

Facebook Comments