• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज




नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो।

उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा।डा। युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘उहाँको स्वास्थ्यमा केही सुधार भएकाले घरमा नै चिकित्सकको निगरानीमा बस्ने नियमित औषधिको सेवन गर्ने सुझावसहित डिस्चार्ज गरिएको हो।’

उहाँका अनुसार चिकित्सकले पुनलाई बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिएका छन्। पुनको ८५ प्रतिशतसम्म कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा. शर्माको भनाइ छ। चिकित्सकले कलेजो प्रत्यारोपण गर्ने सुझाव दिएपछि कहाँ र कहिले कलेजो प्रत्यारोपण गर्ने भन्ने विषयमा परिवारमा छलफल भइरहेको डा. शर्माले बताउनुभयो।

Facebook Comments