• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै




घोराही, ६ माघ । अल्फा तेक्वान्दो दोजाङ घोराही – १४ दाङले आयोजनामा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०७९ हुने भएको छ।

२०७९ माघ १३ गते हुने प्रतियोगिताको आवश्यक तयारी तिब्र रुपमा भैरहेको आयोजक अल्फा तेक्वान्दो दोजाङको प्रमुख सुनिता बिष्टले बताइन्।

प्रतियोगितामा पुरुषतर्फमा २०, २३, २६, २९, ३२, ३५, ३८, ४१, ४५, ४९, ५१ केजी तथा महिलातर्फ २२, २५, २८, ३१, ३५, ३९, ४३, ४६, ४९ केजीका दाङ जिल्ला भरिका खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् ।

प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बिष्टले बताइन् । प्रतियोगिता आयोजनाकालागि अल्फा तेक्वान्दो दोजाङले आफै गर्न लागेको हो र केही रकम विभिन्न ब्याक्तिबाट सहयोग समेत भएको बिष्टले बताइन् ।

प्रतियोगिताआयोजनागर्न करीब ३ लाख ५० हजार भन्दा बढी खर्च हुने आयोजकको अनुमान छ। बिष्टले खेल गतिविधि कमहुँदा खेलाडीहरुलाई निरासा छाएको बेला प्रतियोगिता आयोजना गरिएको हो यस प्रतियोगिताबाट खेलाडीहरुलाई धेरै फाईदा समेत मिल्ने उनिले बताइन्।

Facebook Comments