राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले), नारायणी शर्मा (माओवादी केन्द्र) र राजेन्द्रप्रसाद लिङ्देन (राप्रपा) रहनुभएको छ । रानालाई सत्ता साझेदार दलहरूको समर्थन छ ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।