घोराही, ६ माघ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको प्रथम अधिवेशनले विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
प्रेस युनियनको प्रदेश खुला उपाध्यक्षमा जयसिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा शम्सेरबिक्रम जिसी, कोषाध्यक्षमा सीपी खनाल निर्वाचित भएका छन् ।
सदस्यहरूमा प्रकाश रेग्मी, वसन्त बन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, बिष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबिन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई घिमिरे, अनु खनाल, भीमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रबिन्द्र यादव, सुरेश परियार चयन भएका हुन् ।
अधिवेशनले लेखा समिति संयोजकमा मुक्तिप्रसाद न्यौपानेलाई चयन गरेको छ । जसको सदस्यमा इन्द्रजित रेग्मी र प्रकाश घिमिरे रहेका छन्


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।