• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह सुरु




घोराही, ६ माघ । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा खेलकूद सप्ताह कार्यक्रम सुरु भएको छ । अम्बिकेश्वरी स्पोर्टस् क्लबको आयोजनामा आज शुक्रबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।

विज्ञान तथा प्रविधि संस्थानका सहायक डिन प्राडा महेन्द्र महर्जनले कार्यक्रमको उद्घाटन गर्दै संस्थानले हरेक क्याम्पसहरुमा स्पोर्टस् स्पेस कति छ र कस्ता किसिमका स्पोर्टस्हरु खेलाइन्छ भन्ने बारेमा जोड दिँदै आइरहेको बताए ।No description available.
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राडा महर्जनले एउटा प्रमुख प्वाइन्टको रुपमा स्पोर्टस्लाई पनि ल्याएको उद्घोष गरे । उनले स्पोर्टस् पनि युवा मस्तिष्कको चौतर्फी विकासका लागि नभइ नहुने अरु कोष जस्तै एउटा चिज भएकोमा जोड दिए । अहिले अम्बिकेश्वरी क्याम्पसले विद्यार्थीहरुका लागि पढाइका साथसाथै खेलकूदमा पनि उत्तिकै जोड दिएको छ भन्ने आफूलाई महशुस भएको उनको भनाइ छ ।No description available.

कार्यक्रममा परीक्षासम्बन्धीत कुरामा जोड दिँदै प्राडा महर्जनले परीक्षाका कार्यक्रमहरुलाई व्यवस्थित गरेको जानकाकारी दिँदै यो वर्षदेखि परीक्षाका सम्पूर्ण कार्यक्रमहरु क्यालेण्डर प्रणालीमा लग्न खोजिरहेको बताए । उनले अघिल्लो वर्षमा कोभिडका कारण परीक्षाहरु समयमै हुन नसकेको स्मरण गराउँदै अब परीक्षा सिष्टम आफ्नो लाइन आउने र पश्नप्रत्र निर्माताहरुलाई समेत सचेत गराउने तथा परीक्षाको रिजल्ट पनि समयमै प्रकाशन गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।No description available.

त्यसैगरी अम्बिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले यो तीन दिनसम्म चल्ले खेलकूदमा विद्यार्थीहरुले अनुसाशित ढंगले खेलमा सहभागी हुनुपर्ने बताए । विद्यार्थीले खलकूद अवधिभर विद्यार्थीमा हुनुपर्ने नैतिक अनुशासनलाई आत्मसात गर्दै खेलमा आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गर्न समेत क्याम्पस प्रमुख खनालले विद्यार्थीहरुलाई निर्देशनात्मक अनुरोध गरेका थिए ।No description available.

 

क्लबले क्याम्पसका प्रत्येक ब्याचको आधारमा खलकूद सप्ताह अन्तर्गत विभिन्न खेलहरु आयोजना गरेका छ । जसमा ब्याटमिन्टन, चेस, टेलटेनिस, फूटबल, क्रिकेट, भलिबल, फुटसल लगायतका खेलहरु रहेका छन् ।No description available.No description available.

आजबाट सुरु भएको खेलकुदमा टेबुल टेनिस, ब्याटमिन्ट लगायतका खेलहरु भइरेहका छन् भने माघ १० गते खेलकूदको समापन गरिसक्ने क्लबले जनाएको छ ।No description available.

अम्बिकेश्वरी क्याम्पस स्पोर्टस् क्लबका अध्यक्ष अरुण हमालको अध्यक्षता एवं विज्ञान तथा प्रविधि संस्थानका सहायक डिन प्राडा महेन्द्र महर्जनको प्रमुख अतिथि तथा प्रविधि संस्थानका प्रशासन प्रमुख दिनेश घिमिरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका अध्यक्ष द्रोण खड्का, क्लबका संरक्षण तथा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल, क्लबका व्यवस्थापक गौरव भट्ट लगायतको आतिथ्यता रहेको थियो ।No description available.

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका डाइरेक्टर बन्सत प्रसाद रिजालले गरेका थिए ।

 

 

Facebook Comments