• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालगन्जबाट काठमाडौं लागि उडेको श्री एयरको विमान झापामा अवतरण




बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।तस्वीर : मदनकुमार गौतम (यात्रु)

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

 

Facebook Comments