घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ फाईनलमा पुगेको हो।
घोराही १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर १४ लाई जित दिलाउन बिरेन्द्र बिकले २ र अनमोल डाँगीले १ गोल गर्नुभयो । वडा नम्बर १० का सुरज बस्नेतले १ गोल गर्नुभयो ।
प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १० ले गोल गर्ने थुप्रै मौका गुमाउँदा सेमिफाइनलबाट बाहिरिएको छ ।
बिरेन्द्र बिकले खेल सुरु भएको १ मिनेटमै गोल गर्नुभएको थियो । सेन्टरबाट पाएको बललाई अघि बढाउँदै प्रहार गरेको बल वडा नम्बर १० का गोलकिपर आकाश बिकले फुस्काएपछि उहाँले बललाई जाली चुमाउनुभएको थियो । लगत्तै आक्रामक बनेको वडा नम्बर १० का सुरज बस्नेतले जवाफी गोल फर्काउँदै १-१ को बराबरीमा ल्याएपनि पहिलो हाफको ४० मिनेटमा बिरेन्द्र बिकलेट डिबक्सबाट गोल पोष्टमा गरेको प्रहार गोलकिपरले सही नियन्त्रणमा लिन नसक्दा खुट्टाको मुनिबाट गोल हुन पुगेको थियो ।
यस्तै खेलको दोश्रो हाफमा वडा नम्बर १४ का अनमोल डाँगीले डिफेन्स क्लियर गर्दै एक्लै गोल गर्नुभयो । सेन्टरबाट पाएको पासलाई दुई डिफेन्डर क्लियर गरेपछि गोल किपरलाई झुक्याउँदै बिना दबाब थप थोल गर्नुभएको हो । योसँगै वडा नम्बर १४ ले सेमिफाइनलमा ३-१ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।
यसैबीच जारी प्रतियोगितामा वडा नम्बर १४ का बिरेन्द्र बिकले सर्वाधिक ११ गोल गरिसक्नुभएको छ । आज सेमिफाइनलमा दुई गोल गरेसँगै बिकको गोल संख्या ११ पुगेको हो । उहाँले वडा नम्बर १५ लाई १,
वडा नम्बर ११ लाई १, वडा नम्बर ४ लाई ७ तथा वडा नम्बर १० लाई २ गोल गर्दै हालसम्म ११ गोल गरिसक्नु भएको छ ।
जारी प्रतियोगितामा वडा नम्बर १८ का समित पुन मगरले पनि ११ गोल गर्नुभएको छ। यद्यपि वडा नम्बर ११ प्रतियोगिताबाट बाहिरी सकेको छ । यस्तै वडा नम्बर १५ का सुशील बानियाँले पनि ९ गोल गर्नुभएको छ । प्रतियोगिताको फाईनल खेल माघ ५ गते हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।