• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभा सभामुखमा घर्ती र उपसभामुखमा खाण निर्विरोध




लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी चयन भएकी छन्। आज बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश भएको थियो।

यसअघि सचिवालयमा पनि सभामुखको लागि घर्तीको मात्र उम्मेदवारी दर्ता भएको थियो। प्रदेश सभा बैठकमा एमाले सांसद भूमिश्वर ढकालले प्रस्ताव पेश गर्दै संसदीय गतिविधिमा अनुभवी व्यक्तिलाई सभामुखको लागि प्रस्ताव गरेको बताए।

‘विगत ५ वर्षमा प्रदेश सभा भित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका, राजनीतिक जिवनमा खारिनुभएका प्रदेशसभालाई नजिकबाट बुझिसक्नुभएका प्रखर व्यक्तिलाई प्रस्ताव गर्न पाउँदा खुशी भएको छु’ उनले बैठकमा भनेका थिए।

प्रस्तावप्रति राप्रपा सांसद आशिषकुमार चौधरीले समर्थन जनाएका थिए।

सभामुखमा निर्विरोध निर्वाचित भएका तुलाराम पाल्पा क्षेत्र नम्बर २ ख का सांसद हुन्। अघिल्लो कार्याकालमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसबेला माओवादी केन्द्रको प्रमुख सचेतक रहेका थिए।

उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता भए पनि प्रदेश सभा बैठकमा राप्रपाकी मेनुका खाणको मात्र प्रस्ताव टेबुल भएको थियो।

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारुको पनि उम्मेदवारी दर्ता भएपनि पछि फिर्ता लिइएको थियो।

उपसभामुखमा पनि एक मात्र प्रस्ताव बैठकमा पेश भएपछि खाणलाई पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले निर्विरोध निर्वाचित भएको घोषणा गरे।

Facebook Comments