• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि वर्षमान पुन काठमाडौं फिर्ता




रोल्पा / नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गृहजिल्ला रोल्पाबाट हेलिकप्टरमा काठमाडौं फर्किएका छन् ।

शनिबार रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रमका लागि सुनछहरी गाउँपालिकाको पोबाङ पुगेका पुनको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं फर्किएका हुन् ।

शुक्रबार रोल्पा समृद्ध फाउन्डेसनको आयोजनामा होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुनले शनिबार बिहान सुनछहरी गाउँपालिकामा वितरण गरेसँगै दिउँसो पाैने २ बजे काठमाडौं फर्किएका छन् ।

शनिबार नै लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सकेनन्। जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ पुन काठमाडौं फर्किएका छन् ।

Facebook Comments