• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भेटिएको ३५ हजार प्रहरी हवल्दार बिष्टले सम्बन्धित व्यक्तिलाई बुझाए




घोराही, ३० पुस। घोराहीमा भेटिएको ३५ हजार बढी नगद रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकको पिपल चौतारीमा झोला सहित भेटिएको ३५ हजार ४ सय नगद र नविल बैंकको चेक एक थान सहित प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बिष्टले भेटाउनुभएको उक्त रकम र चेक घोराही उपमहानगरपालिका ४ बस्ने बसन्ता पोख्रेलको भएको र फिर्ता गर्नुभएको हो ।

पिपल बोटको चौतारिमा बसेकी पोख्रेलले झोला बिर्सीएर हिडेपछि प्रहरी हवल्दार विष्टले भेटाउनुभएको थियो । पछि पोख्रेल सम्पर्कमा आएपछि उहाँकै पैसा र चेक भएको पुष्टि भएपछि प्रदान गरिएको हवल्दार बिष्टले बताउनुभयो ।

Facebook Comments