• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजको ११ औं वार्षिक उत्सव सम्पन्न




घोराही, २९ पुस । दाङको घोराही– १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजको ११ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कलेजको आयोजनामा आज शुक्रबार कलेजकै प्रांगणमा एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती इन्जिनियर कलेजका प्रिन्सीपल रेशम गिरीले प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउनका लागि कलेज संचालनमा ल्याइएको बताए । उनले कलेजबाट उत्पादन दक्ष जनशक्ति अहिले नेपाल सरकारको उप सचिवमा समेत कार्यरत रहेको उद्घोष गरे । कलेजमा अहिले ३९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेका जानकारी गराउदै प्रिन्सीपल गिरीले कलेजबाट उत्पादन भएका विद्यार्र्थीहरु पछिल्लो समयमा निजी तथा सरकारी क्षेत्रमा कार्यरत रहेको जानकारी दिए ।No description available.

उक्त कार्यक्रममा कलेजका विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मानपत्र तथा प्रमाणपत्र वितरण गरिएको थियो ।No description available. विद्यार्र्थीहरुले स्वागत नृत्यसहित कौडा लगायतका थुप्रै नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।No description available.

घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका बैठक व्यवस्थापन समितिका संयोजक झरेन्द्र खरेल, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, मानव अधिकारकर्मी बिनोद केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।No description available.

राप्ती इन्जिनियर कलेजका व्यवस्थापन समितिका अध्यक्ष तथा कलेजका प्रवन्ध निर्देशक डा। भिमसेन गिरीको अध्यक्षता एवं पोखरा विश्वविद्यालयका रजिस्ट्रार दिपकबहादुर भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

कलेजका प्रिन्सीपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्वबन्दु थापाले गरेका थिए ।

Facebook Comments