• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न निर्णय गर्दै बनगाड कुपिण्डे नगरपालिकाको बैठक सम्पन्न




नबिन पिएम
सल्यान । बनगाड कुपिण्डे नगरपालिका नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको शुक्रवार भएको कार्यपालिका बैठकमा विभिन्न निर्णय गरिएको छ ।

जसमा नगरपालिकाबाट र अन्य विभिन्न पालिकाको दोहोर सहमति अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न मितिको निर्णय बाट बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय दरबन्दी भइ विभिन्न पालिकाहरुमा कामकाज खटिन जानुभएका कर्मचारीहरुलाइ यस नगरपालिकामा फिर्ता बोलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरिएको ३ न वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले बताउनु भएको छ ।

साथौ प्रवक्ता पुनमगरका अनुसार नगरपालिका भित्रका स्थायी बासिन्दाहरु मध्य नेपाल सरकारबाट तोकिएका १० किसिमका दिर्घ रोगहरु बाट ग्रसित भएका र नियमित उपचार गराइरहेका तर सरकारी कुनै सेवा सुबिधा नपाएका व्यक्तिहरुलाइ वडा कार्यालय र उपचार गराइरहेको अस्पतालको सिफारिसको आधारमा नेपाल सरकारले नीति बमोजिम प्राप्त हुने प्रती महिना पाच हजारका दरले उपचार खर्च उपलब्ध गराउने र सोको नियमानुसार सोधभर्ना माग गर्ने निर्णय गरिएको समेत बताउनु भएको छ ।

Facebook Comments