• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्म दिनको अवसरमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण




नबिन पिएम
सल्यान,२९ पुस । सल्यानको एक बिद्यालयका करिब २७ जना बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाका तरुण दल नेपालका नगर अध्यक्ष तथा समाजसेवी युवा नेता कमल पुनले आफ्नो जन्मदिनको अबसरमा आज एक कार्यक्रमकाबीच श्री प्रभाकर माबि बनगाड कुपिण्डे नगरपालिका १ देबस्थलमा अध्यनरत कक्षा १ देखि १० सम्मका विपन्न गरिव बालबालिकाहरुलाई करिब ५ हजार बराबरको कापि ,कलम लगायतका अध्ययन सामाग्री वितरण गेरेर आफ्नो जन्मदिन मनाएका छन् ।

जन्म दिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासंग जोड्न आफुले प्रयास गरेको उनले बताए । सामाजिक अभियान्ताको काम समेत गरिरहेका पुनले बन्गाडका धेरै गरिव दुखिहरुलाई आफुले सक्दो सहयोग गरेको बताउछन् ।

गएको १ महिना अगाडि गरिव आमा बचाउ अभियान समेत चलाएर गरिव आमाको उपचार को लागि सहयोग संकलन गरेर सहयोग पनि गरेका थिए यस्तै कोरनाको महामारीमा नगरपालिकाको वडा नम्बर १ का गरीब २४ घरधुरीलाई आफ्नो टिमको अभियानबाटै करिब ३५ हजार बराबरको चामल तेल लगाएत्को राहत वितरण गरेका थिए । तरुण दल नेपाल बनगाड नगर अध्यक्ष समेत भएका उनी राजनीति र समाजसेवालाई संगसगै अगाडि बडाउदै जाने बताउछन ।

बिपन्न विद्यार्थीहरुले आफुहरुले अध्यन सामाग्री निशुल्क पाउँदा खुसी भएका थिए ।

Facebook Comments