• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण




घोराही, २९ पुस । घोराही उपमहानगरपालिका – ९ स्थित नरदेबि माबि तेघरामा पुर्व बिद्यार्थी बन्दना शाहाले बिद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन् ।

बिद्यालयबाट २०५८ सालमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेकी शाहाले आफुले अध्ययन गरेको बिद्यालयका लागि केही गरौँ भन्ने सोचका साथ यसखालको सहयोग गरेको बताइन् ।

बालबालिकाको शैक्षिक तथा खेल क्षेत्रको बिकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ किन्डर हिल नेपाल संस्था मार्फत आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको हो ।

बास्केट बलको कोर्ड निमार्ण, टेवल टेनिसका सामग्री, भलिवल, फुटवल तथा शारिरीक व्यायामका सामग्रीहरु बिद्यायलका प्रधानाध्इापक कमल खड्का र बिव्यस अध्यक्ष खिमबहादुर केसीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा किन्डर हिल नेपालका अनुपबिक्रम शाहाले नेपालका बिभिन्न बिद्यालयहरुमा सहयोग गर्ने क्रममा आज घोराही ९ मा रहेको नरदेबि माबि तेघरामा यसखालको सहयोग हस्तान्तरण गरिएको र यसबाट बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको बिकासमा टेवा पुग्ने बताउनु भयो ।

२०१३ सालमा स्थापना भएको नरदेबि माबि तेघरामा ६ कक्षासम्म अग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । १२ कक्षा सम्म पढाइ हुने बिद्यालयमा ६ सय बढि बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक राजेन्द्रप्रसाद भट्राइले गरेका थिए ।

Facebook Comments