• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु




दाङ, २७ पुस ।  दाङमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका – ७ स्याउली निवासी १९ वर्षीय तुलसीराम नेपाली रहेको परिवारले बताएका छन्।

मृतकका परिवारका अनुसार मंगलबार साँझ करिब ५ बजेको समयमा बर्दियाको तारातालमा इन्टेरनेटको तार तान्नका लागि विद्युतको पोलमा चढेका नेपालीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्पनीमा कार्यरत रहनुभएको थियो । नेपालीको शबलाई पोष्टमार्टमका लागि बर्दियाको जिल्ला अस्पताल गुलरियामा राखिएको आफन्त प्रेम नेपालीले जानकारी दिनुभएको छ ।

Facebook Comments