• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समुन्नति परियोजनाद्वारा वित्तीय साक्षरता सम्बन्धी तालिम सुरु




कमल खड्का

होलेरी/ समुन्नति परियोजनाले रुन्टीगढीका कृषक समुहसँग २ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम होलेरीमा सुरु गरेको छ । यूकेएडको सहयोग तथा गाउँपालिका, सहकारी बैंक, कृषक सुमुहको समन्वय एवंम विकास सरोकार समाज(डिकोस) र प्राक्तिकल एक्सन नेपालको सहजीकरणमा मंगलबार होलेरी उक्त कार्यक्रम सुरु भएको हो ।No description available.

कार्यक्रममा कृषकहरुलाई वित्तीय साक्षरता परियोजना भनेको के हो, बैकं र वित्तीय संस्थाका लक्ष्य के कस्ता हुन्छन, ऋण बचत लगानी कसरी गर्ने, बजेटको सहि सदुपयोग कसरी गर्ने, कृषि तथा लैङ्गिक समान्ता भनेको के हो,सामाजिक समाबेशिकरण त्यस्तै सहकारी र वित्तीय संस्थाका बारेमा जानकारी गराईएको थियो । कृषकलाई कृषिबाट कसरी बढी भन्दा बढी फाईदा लिन सकिन छ भनेर समुहगत रुपमा छलफल गराइएको थियो ।

तालिममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का ३ वटा कृषक समुहबाट ३६ जना कृषकहरुको उपस्थिति रहेको थियो । जस्मा हरियाली कृषक समुह,नमुना कृषक समुह र साझा कृषक समुह गरि ३ वटा कृषक समुहहरुको सहभागिता रहेको थियो ।

तालिम लैङ्गिक समाजिक सामाजिक समावेशिकरण अनुगमन मुल्याङ्कन अधिकृत (GESI/M.E) दिल कुमारी बुढा बाट दिईएको थियो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको सभापत्तित्वमा भएको कार्यक्रमको सञ्चालन समुुन्नति परियोजनाको सामाजिक परिचालक यादव गिरीले गर्न भएको थियो । तालिम आजसम्म सञ्चालन हुनेछ।

Facebook Comments