पुष २७ दाङ । यही पुस २९ गते बाट सुनसरि जिल्लामा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रीकेट प्रतियोगिता २०७९ को लागि लुम्बिनी प्रदेश क्रीकेट संघले सरस्वती जिएमको कप्तानीमा १४ सदस्यी लुम्बिनी प्रदेश महिला क्रीकेट टिम घोषणा गरेको छ ।
दाङ घोराही–१७ गुलरिया क्रिकेट रंगशालामा ४ दिन छनोत प्रतियोगितामा उत्कृष्ट गर्ने १४ खेलाडी छनोट भएको हुन जस्मा रुपन्देही बाट सबैभन्दा धेरै ५ जना, दाङबाट ४ जना, बाँकेबाट ४ जनार नवलपरासीबाट १ जना गरी १४ खेलाडी छनोट गरिऐको प्रदेश क्रिकेट खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो । रुपन्देहीबाट टिममा पर्न सफल कृतिका मरासिनी, सुस्मिता भुषाल, आश्मा पुलामी मगर र कविता खड्का हुन । त्यसैगरी दाङबाट सरस्वती जिएम, लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएम टिममा पर्न सफल भएका हुन । बाँकेबाट मनिषा राना, जिज्ञासा थापा, सुस्मिता बजगाई र रन्जु श्रेष्ठ छनोट भएका हुन र नवलपरासीबाट धने सरस्वती पुनमात्रै छनोट हुन सफल भएका हुन ।
वैकल्पिक खेलाडीमा नवलपरासीकी विष्णु तिवारी, बाँकेकी चमेली चौधरी र दाङकी सर्मिला रोका र अनिता चौधरी परेका हुन । टिमको प्रशिक्षकमा जमील अन्सारी तथा टिम व्यवस्थापकमा विष्णु पाठक रहेका छन ।
दाङमा भएको छनोट प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी ४ वाट जिल्लाको सहभागिता रहेको थियो जस्मा रुपन्देही बिजेता बनेको थियो ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।