• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माउन्ट भ्यूको ३९ औं वार्षिक उत्सवको अवसरमा खेल मैदान तथा मन्दिर सरसफाइ




घोराही, २६ पुस । दाङको घोराही-१८ मा रहेको माउन्ट भ्यू ईङ्लिस बाेर्डिङ स्कूलले आफ्नाे ३९ औं वार्षिक उत्सवकाे अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कूलले आज मंगलबार बिहान घोराहीको नवलपुर खेल मैदान र अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ सम्पन्न गरेकाे हो ।

स्कूलले आफ्नो वार्षिक उत्सवकाे अबसरमा तीन दिवसीय कार्यक्रमकाे आयाेजना गरि आज पहिलाे दिन सरसफाइ कार्यक्रमबाट तीनदिने कार्यक्रम उद्घाटन गरेकाे विद्यालय प्रशासनले जनाएको हाे ।

स्कूलका प्रवन्धक निर्देशक अरूण कुमार शर्माका अनुसार वातावरण सन्तुलन कायम राख्न , सार्वजानिक स्थलहरू स्वच्छ र सफा राख्न सामाजिक सचेतनाकाे विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे बताउनुभयाे ।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उपस्थितिमा अम्बिकेश्वरी मन्दिर र नवलपुर खेल मैदानको परिसरमा भएका फोहोरलाई बोरामा केन्द्रित गरेका थिए ।

उक्त उत्सवका अबसरमा आयोजना गरिएको तीन दिवसीय कार्यक्रम अन्तर्गत भाेली खेलकुद र पर्सि रक्तदान कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

Facebook Comments