• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आयोगले मतदाता नामावली सङ्कलन कार्य सुरु गर्ने




निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ। 

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ २ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो। 

नामावली दर्ता प्रक्रिया सुरु हुँदा बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन (आउट डोर रजिस्ट्रेसन) गर्न, आफ्नो मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन नै आवेदन दिन सकिने व्यवस्थित गरिएको छ। 

साथै निर्वाचन आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारको कुनै सदस्यले प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ।    

Facebook Comments