• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा सामुदायिक विद्यालयसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु




कमल खड्का
होलेरी, २५ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम आज र भोलि गरि दुई दिनसम्म सञ्चालन हुने शिक्षा यूवा तथा खेलकुद शाखाका प्रास घन बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा रुन्टीगढीका बिभिन्न सामुदायिक विद्यालयबाट विद्यालय प्रधानध्यपक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको छ । सामुदायिक विद्यालयहरुको खकिदो शिक्षा पदतिलाइ उकास्ने उदेश्का साथ अन्तरक्रिया कार्यक्रम सुरु गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बिभिन्न सामुदायिक विद्यालयका प्रअ तथा बिब्यस अध्यक्षहरुले विद्यालयका समग्र समस्याहरु पनि दर्शएका छन् ।

समग्र शिक्षाको स्थिति सुधार्ण पहल गर्न समेत प्रासले अनुरोध गर्नु भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभा हलमा भईरहेको छ ।

Facebook Comments