• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङले रुपन्देहीलाई ५ विकेटले पराजित गर्‍यो




बिकाश भट्टराई
दाङ, २५ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रीकेट प्रतियोगिता २०७९ अन्तर्गत आज तेस्रो दिनको दोस्रो खेलमा दाङ महिला टिमले रुपन्देही महिला टिमलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले २० ओभरको खेलमा १० विकेटको क्षतीमा ७३ रन बनाउन सफल भएको थियो ।

रुपन्देहीको ब्याटिङमा सन्ध्या चापागाईंले ९, सुस्मिता भुसालले८, श्रुति बुढाथोकीले ७,आचँल मगरले र सरु तिवारीले ६-६ रन, कप्तान कृतिका मरासिनीले ५ रन बनाए । रुपन्देहीले ब्याटबाट ५६ रन अतिरिक्त स्वरुप १७ रन गरि ७३ रन बनाए ।

बलिङमा दाङकी कमल जिएमले ४ ओभरमा ११ रन दिएर २ विकेट , मधु डिसिले ४ओभरमा २ मैडन राखि ०७रन दिएर २ विकेट, शर्मिला रोका, अनिता चौधरी र मिना बिकले समान १-१ विकेट हात पारेका थिए ।
जवाफी ७४ रनको लक्ष्य पाएको दाङले ५ विकेट गुमाएर १७.४ ओभरमा उक्त लक्ष्य भेटायो ।

दाङको ब्याटिङमा लक्ष्मी चौधरीले १९ रन, मिना बिकले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अन्कं बनाउन सकेनन् । दाङले ब्याटिङमा ५६ रन र अतिरिक्त स्वरुप १८ रन गरि ७४ रन बनायो ।

त्यस्तै रुपन्देहीको बलिङमा कप्तान कृतिका मरासिनीले ४ ओभरमा ०१ मेडन राखी ०७ रन खर्चेर २विकेट हात पारिन । कबिता खड्काले ३.४ ओभरमा २१ रन खर्चेर २ विकेट हात पारिन । सुस्मिता भुसालले ०४ ओभरमा १६ रन खर्चेर १ विकेट हात पारिन् ।

उक्त खेलको प्लेयर अफ द म्याच दाङकी कमला जिएम भइन । उनलाई दाङ जिल्ला क्रीकेट संघका अध्यक्ष प्रदिप मज्गैयाँले ट्रफी प्रदान गरे ।

Facebook Comments