• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मिडियामा पहुँच बढाउन थारु युवालाई पत्रकारिता तालिम




घाेराही, २५ पुस । मिडियामा थारु समुदायका पत्रकारकाे पहुँच बढाउन तथा पूर्ण समावेशी सञ्चारकाे लक्ष्यलाई सार्थक बनाउन दाङकाे घाेराहीमा थारु समुदायका युवाहरुका लागि ४ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चाैधरीकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यमा आज सोमबार तालिम उद्घाटन गरिएको हाे ।

घाेराही उपमहानगरपालिकाकाे अार्थिक सहयाेगमा शुरु भएको आधारभुत पत्रकारिता तालिममा ४० जनाकाे सहभागीता रहेकाे छ ।

तालिम उद्घाटन गर्दै नगरप्रमुख चाैधरीले
थारु समुदायका युवाहरु पढेलेखेका भए पनि पढाई पश्चात कुन क्षेत्र राेज्ने भन्नेमा अन्याैलता रहेकाे हुँदा समुदायकाे उत्थानका लागि पत्रकारिताकाे अाधारभुत ज्ञान हासिल गर्न सकेमा यसले धेरै फाईदा पुग्ने बताउनुभयो । सकारात्मक साेँचका साथ जिम्मेवार नागरिकका रुपमा काम गर्ने वातावरण बनाउन पत्रकारिताकाे माध्यमबाट गर्न थालिएको प्रयासले सार्थकता पाउने उहाँको विश्वास छ ।

थारु युवाहरुलाई पत्रकारिताकाे अाधारभुत ज्ञान दिन तथा थारु समुदायकाे उत्थानमा पत्रकारिताका माध्यमबाट मिडियामा पहुँच बढाउन तालिम दिन थालिएको थारु पत्रकार संघ दाङका अध्यक्ष चाैधरीले बताउनुभयो ।
थारु समुदायमा रहेकाे पछाैटेन अन्त्य गर्दै सचेतना फैलाउने उद्देश्य पूरा गर्न थारु समुदायका युवाहरुलाई अाधारभुत पत्रकारिता तालिम दिन थालिएको संघले जनाएको छ।
अाजदेखि २८ गतेसम्म ४ दिन हुने अाधारभुत पत्रकारिता तालिममा पत्रकारिता गर्दा अपनाउनु पर्ने अाधारभुत सिद्धान्त र थारु समुदायकाे उत्थानका विषयमा उठान गरिनुपर्ने विषयका बारेमा प्रशिक्षकले प्रशिक्षण गर्नुहुनेछ ।
पत्रकारितामा अवसर रहेकाले यसलाई अवसरका रुपमा लिएर पत्रकारिताकाे सिद्धान्तलाई अात्मसात गरेर मर्यादित पत्रकारितामा जाेडिन अन्य वक्ताहरुकाे अपिल थियाे । अवसरमा जाेखिम हुने हुँदा संयमित रुपमा काम गर्न सकेमा पत्रकारिताबाट लाभ लिन सकिने प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले बताउनुभयो । जसकाे सवाल हाे, उहीँ समुदायकाे प्रतिनिधित्व हुने गरि गर्न थालिएको पत्रकारिता तालिमले व्यक्तित्व र नेतृत्व विकासकाे अवसरका रुपमा लिन उहाँको सुझाव थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भाेजराज घिमिरे, प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष सन्ताेष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गाैतम, प्रेस युनियन दाङका अध्यक्ष सन्ताेष सुवेदी, थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चाैधरी, प्रेस चाैतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्य समिति सदस्य विष्णु कुसुमकाे स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहकाे सहजीकरण कल्पना चाैधरीले गर्नुभएको थियो ।

Facebook Comments